स्वस्तिक लघुवित्तको आईपीओ सर्वसाधारणका लागि आजदेखि खुला

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि अब दोस्रो चरणमा साधारण लगानीकर्तालाई शेयर बिक्री सुरु गरिएको हो।

कम्पनीले कुल जारी पूँजीको ४० प्रतिशत बराबर २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो। पहिलो चरणमा १ हजार १५५ कित्ता कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता विदेशमा काम गर्ने नेपालीका लागि बिक्री गरिएको थियो।

यस चरणमा भने प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो, जसको कुल मूल्य १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ हुन्छ। आवेदन भदौ ३ गतेसम्म दिन सकिने छ भने माग अपूरा भएमा भदौ १३ गतेसम्म म्याद बढ्नेछ। न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इश्यूअर रेटिङ बी एटदरेट’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्न उच्च जोखिम रहेको जनाउँछ।

यस आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

Swastik Laghubitta Financial Institution Limited IPO

IPO Basic Information

Category Details
IPO Opening Date Sawan 30 (Today)
Early Closing Bhadau 3
Late Closing Bhadau 13
Face Value per Share NPR 100
Issue Manager Nabil Investment Banking Ltd.

IPO Allocation Details

Category Shares Amount (NPR)
Total IPO Size 231,000 shares 2.31 Crore
Employees Allocation 1,155 shares 115,500
Collective Investment Funds 11,550 shares 1.155 Million
Nepalis Working Abroad 23,100 shares 2.31 Million
General Public (Phase 2) 195,195 shares 1.95 Crore

Investment Information

Category Details
Minimum Application 10 shares (NPR 1,000)
Maximum Application 5,000 shares (NPR 500,000)
How to Apply? Via C-ASBA through authorized banks & financial institutions

Credit Rating

Rating Agency Rating Implication
ICRA Nepal ICRANP Issuer Rating B High risk - May face challenges in meeting financial obligations

Important Notes:

  • Applications must be submitted through C-ASBA system.
  • The IPO is allocated on a first-come-first-served basis if oversubscribed.
  • Investors should consider the "B" rating indicating higher risk.

 

प्रतिक्रिया