काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ बिन्दुमा झरेको छ ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि छ । कारोबार अवधिभर ३११ वटा धितोपत्रको ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन ३ वटा मात्र उपसूचक बढेका छन् । फाइनान्स, हाइड्रोपावर र उत्पादन तथा प्रशोधन बाहेक अन्य सूचक राताम्य बनेको छ । विहीबार ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ कम्पनीको सेयर मूल्य घटेको छ ।
नेपाल फाइनान्स, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, युनिलिभर नेपाल लगायत कम्पनीको सेयरमूल्य पनि बढेका छन् ।
पोखरा फाइनान्स, कालिन्चोक दर्सन बाराही हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । आज दिन नेपाल फाइनान्सको सर्वाधिक १९ करोड ४५ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।