धेरै आयकर तिरेर को को सम्मानित भए ?


काठमाडौं– गत आर्थिक वर्षको आम्दानीबाट सबैभन्दा धेरै आयकर तिर्ने व्यवसायी राजबहादुर शाह भएका छन्। धेरै आयकर तिरेको भन्दै सरकारले उनलाई आज सम्मान गरेको छ।  राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले बर्सेनि धेरै कर तिर्ने तथा समयमै विवरण बुझाउने करदातालाई सम्मान गर्दै आएको छ। व्यक्तिगत आयकरमा जावलाखेल समूहका राजबहादुर शाह सम्मानित भएका हुन्। पछिल्ला वर्षहरूमा लगातार यो समूहबाट धेरै कर तिर्ने उनी हुँदै आएका छन्। जावलाखेल समूहका राजबहादुर र विजयबहादुर शाह धेरैपटक सम्मानित हुँदै आएका छन्। 
गएको वर्षको संस्थागतमा धेरै आयकर तिर्नेमा दूरसञ्चार प्राधिकरण बनेको छ। त्यस्तै एकलौटी फर्ममा थर्डआई इन्टरनेसनल, वस्तुगततर्फ डाबर नेपाल, सूचना प्रविधिमा भेरिक्स नेपाल, निर्यातमा डाबर नेपाल, कृषि तथा पशुजन्यमा पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थामा नेपाल इन्भेष्टमेन्ट बैंक शिक्षामा नोबेल मेडिकल कलेज र पर्यटनमा सोल्टी होटल रहेको छ। 
वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट, मध्यमस्तरीय करदातामा सीडीएस एण्ड क्लियरिङ, ऊर्जामा भोटेकोसी पावर, रेमिट्यान्समा आईएमई रहेका छन्।
त्यस्तै भ्याटको समयमै विवरण बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ। उद्योगमा युनिलिभर रहेको छ।  करदाताहरूलाई अर्थमन्त्री रामेश्वर खनालले सम्मान गरेका हुन्।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय