बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा

काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, छापावाल सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ छ । जुन, हिजो मंगलबार प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ थियो ।

महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ थियो । जुन, हिजो मंगलबार घटेर कारोबारमा आएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले हिजो मंगलबारको तुलनामा ५ रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो । यससँगै, चाँदीको मूल्य ११ हजार ८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया