भावुक र मुकुन्दको सहकार्यलाई दर्शकले माया बढाउँदै

काठमाडौ - केही समय अघि सार्वजनिक भएको गीत पहिलो पहिलो लभ हो ले दर्शकको माया बढाइरहेको निर्माण युनिटले जनाएको छ । 

 

कामको शिलशिलामा कोरियामा रहेका सर्जक मुकुन्द पौडेलले थोरै तर उत्कृष्ट गीतहरु सार्वजनिक गर्ने गरेका छन । गहकीला शब्द र समधुर लय सिर्जना गर्न सक्ने पौडेलले भर्खर मात्र सार्वजनिक गरेको नयाँ गीत पनि चर्चामा आएको छ ।

यसैबीच दुई युवाहरू मुकुन्द पौडेल र भावुक पुनको सहकार्यमा बनेको नयाँ गीत पहिलो पहिलो लभ हो सार्वजनिक भएको छोटो समयमै चर्चामा आउन सफल भएको छ । गीतको सामाजिक सञ्जालहरूमा निकै चर्चा भइरहेको छ । उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना रहेको गीतमा माया प्रेमलाई निकै कलात्मक रुपमा उठाइएको छ ।

नयाँ कलाकार भए पनि भावुक पुनले निकै कसिलो आवाज दिएका छन । उनको आवाज सुन्दा नेपाली सांगीतिक क्षेत्रमा राम्रो सम्भावना भएको कलाकारको रुपमा हेर्न थालिएको छ । गीतमा भावुकलाई आवाजमा सुनिता बूढा क्षेत्रीले साथ दिएकी छन । गीतको शब्द मुकुन्द पौडेल र लय पौडेल र भावुक पुनले मिलेर बनाएका छन ।

तलाई चर्चित निर्देशक सुनिल क्षेत्रीले निकै मेहनत गरेर म्युजिक भिडियो बनाएका छन । गीतमा सुनिल क्षेत्री,स्मारीका ढकाल र तिरज प्रधानको दमदार अभिनय रहेको छ । गीतलाई शुभारम्भ डिजिटलले बजार व्यवस्थापन गरेको छ । सर्जक पौडेलकै लय तथा शब्द सिर्जनामा नयाँ गीतको पनि तयारी भइरहेको सर्जक पौडेलले हामीलाई बताएका छन ।

 

प्रतिक्रिया