बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ। एकै दिन नेप्से २३ अंकले बढेर १.०८ प्रतिशतले वृद्धि भएको छ र १२७५.४० विन्दुमा पुगेको छ।
काठमाडौं– निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ, जसले बुधबार एकै दिन १४१.१६ अंकले वृद्धि गर्दै ११ हजार ३०.३१ विन्दुमा पुगेको छ। गुमाउने समूहमा विकास बैंकका लगानीकर्ताले गुमाएका छन्, जसले १३.२० अंकले घटेर ४४५७.४१ विन्दुमा पुगेको छ।
कारोबारमा पनि बुधबार उछाल आएको छ। ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। १९४ वटा कम्पनीको शेयर मूल्य बढेको छ, जबकि ४६ वटा कम्पनीको शेयर मूल्य घटेको छ र ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। कुल ३२२ वटा कम्पनीको शेयर कारोबार भएको छ, र ७२ हजार ७१४ पटक नेप्सेमा शेयर किनबेच भएको छ।
ह्याथवे इन्भेष्टमेन्ट नेपाल सबैभन्दा बढी कारोबार भएको कम्पनी हो, जसको कारोबार १५ करोड ८ लाख ९९ हजार रुपैयाँ बराबरको भएको छ।