मिडियालाई पनि आइपीओको मोह,हिमालयन टाइम्सले प्राथमिक शेयर निष्कासन गर्ने

काठमाडौं । यसो त पछिल्लो समय धेरै कम्पनीहरुले प्राथमिक शेयर निष्कासन गरिरहेका छन । नेपालको खुकुलो निति साथै सहज लगानी उठ्ने भएपनि सबैको ध्यान यस तर्फ जाने गरेको छ । 

केहि समय पहिला नेपाल रिपब्लीक मिडियाले प्राथमिक शेयर निष्कासन गरेको थियो भने कान्तिपुर मिडियाले समेत आईपीओको घोषणा गरेको थियो । 

यसै बीच अर्को एक मिडिया पनि यहि लाइनमा देखिएको छ ।  हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले पुस २५ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजे सुरु हुनेछ । सभा भर्चुअल माध्यमबाट  हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश बुझिएको छ ।त्यस्तै, बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि रहेको छ । 

आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । त्यस्तै, सभाले सञ्चालक निर्वाचन गर्नेछ । 

प्रतिक्रिया