ताप्लेजुङमा केबलकार विवादपछि निषेधाज्ञा, सुरक्षा कडा

काठमाडौं - ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा विवाद बढ्दै गएपछि झडपको अवस्था सिर्जना भएको छ।

स्थिति नियन्त्रणमा लिन ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिकाको बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन्।

आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न निषेध गरिएको छ। आदेश उल्लङ्घन गर्ने वा पालनामा अवरोध गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ। साथै, निषेधाज्ञा लागू गर्न चार किल्ला पनि निर्धारण गरिएको छ।

 

प्रतिक्रिया