जापानमा भोगेको दुःख गीत मार्फत पोख्दै प्रेम र दीपक

काठमाडौं - एक दशक देखि जापान रहेका दुई सर्जक प्रेम सापकोटा र दीपक कंडेलले त्यहाँ भोगेको दुःख गीतमा उठाउन लागेका छन् । गीतमा प्रेमको एकल आवाज रहेको छ । 

जापानमा नेपालीले भोग्नु पर्ने दुःख साथै जापान नआउन सचेत गराइएको गीत सार्बजनिकको अन्तिम चरणमा रहेको छ । 

गीतलाई दीपक कंडेलले शब्द,गणेश अधिकारीले लय दिएका छन् भने अभिनय समेत कँडेल आफैले गरेका छन् । 

गीतलाई दीपिका म्युजिकले बजारमा व्यवस्थापन गरेको छ भने जेरी भण्डारीको निर्देशन रहेको छ । गीत पुष महिनाको अन्तिम तिर सार्वजनिक गर्ने तयारी रहेको सर्जक कंडेलले जानकारी दिनु भयो । 

प्रतिक्रिया