लगातार घटिरहेको सुनको मूल्यमा मंगलबार भारी गिरावट

काठमाडौं - सुनको भाउ लगातार तेश्रो दिन पनि घटेको छ । वैशाख २० गते,मंगलबार सुन तोलामा नै एक हजार रुपैयाँले गिरावट भएको छ । यस दिन चाँदी भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार पनि सुन तोलामा ८०० रुपैयाँले सस्तिएको थियो। सो दिन सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा कायम रहेको छ ।

प्रतिक्रिया