कारोबार रकम बढे पनि नेप्सेमा दोहोरो अङ्कको गिराव

काठमाण्डौं - यो साता लगानीकर्ताहरूको लागि त्यति सुखद हुन सकेन साताको अन्तिम कारोबार दिन पनि नेप्से दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ।

बिहिबार नेप्से घटे पनि कारोबार रकम भने केही बढेको देखिन्छ यस दिन करिब ५ अर्ब हाराहारीको सेयर किनबेच भएको छ भने सर्वोत्तम सिमेन्ट को सेयर मूल्यमा सर्किट समेत लागेको छ। 

नेप्से १५ अङ्कले घटेर समग्र बजार २०४८ विन्दुमा आएको छ । ३१५ कम्पनीहरूको शेयर किन बेच हुँदा ४ अर्ब ३१ करोडको शेयर खरीद बिक्री भएको छ । 

आज व्यापार उपसूचक बाहेक अन्य सम्पूर्ण उपसूचक घटेका छन् । यता बीमा समूह सबै भन्दा धेरै घटेको देखिन्छ । 

प्रतिक्रिया