पिपुल्स पावर र सयपत्री हाइड्रोपावरको आइपीओ परेको छ ? आईतबार हुँदै छ पहिलो कारोबार

काठमाडौं - पिपुल्स पावर लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ । पिपुल्स पावरको ६२ लाख २६ हजार कित्ता शेयर र सयपत्री हाइड्रोपावरको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

पिपुल्स पावरले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण गरिएको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरिएको २४ लाख ६७ हजार ४०० कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता गरी ६३ लाख २६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९४ रुपैयाँ ९६ पैसा देखि २८४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कम्पनीलाई शेयरलाई नेप्सेले पीपीएल कारोबार संकेत प्रदान गरेको छ ।

यस्तै सयपत्री हाइड्रपावरको पनि ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण गरिएको ३ लाख कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरिएको ६ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको २१ लाख कित्ता गरी साे बराबरकाे शेयर नेप्सेमा सूचीकृत भएको हाे ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९६ पैसा देखि १९४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कम्पनीलाई शेयरलाई नेप्सेले एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय