लाखौं नेपालीको वास्तविक भोगाइमा गणेशले चलाएको कलम 'देशै छाड्यौ नी' (भिडियो सहित)

काठमाण्डौ । ४० लाख भन्दा धेरै विदेशमा रहेका नेपालीहरूको पीडा र भोगाइमा कलम चलाउनमा सर्जक गणेश अधिकारी माहिर मानिन्छन् । उनले यस अघि धेरै गीतहरूमा यस विषयमा चोटिला शब्द सहित गीत कोरिसकेका छन । 

उनी अधिकारीले भर्खर मात्र यस्तै विषयमा मुटु छुने शब्द सहित नयाँ गीत देशै छाड्यौ नी सार्वजनिक गरेका छन । शब्द,संगीत र गायक तिनै पाटोमा अब्बल रहेका अधिकारीको पछिल्लो गीतमा संगीत भने नन्दु परियारले दिएका छन । 

नन्दु परियार र शान्ती श्री परियारको आवाज रहेको सो गीतमा विनोद बाजुरालीले संगीत संयोजन गरेका छन । गीतको भिडियोको पक्ष पनि बलियो छ । गीतमा अमित सुनार र विजया विश्वकर्माले अभिनय गरेका छन भने विशाल घिमिरेले गीतलाई निर्देशन गरेका छन । 

 

प्रतिक्रिया