झिनो अकंले ओरालो लाग्यो शेयरबजार, मंगलबार१० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं - साताको तेस्रो दिने आएर फेरी शेयर बजार ओरालो लागेको छ । हिजो शेयर बजारमा केही रौनक देखा परेपनि आज फेरी ओरालो लागेको हो ।

नेप्से आज झिनो अकंले ओरालो लागेको हो ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५९ अकंले घटेर १८९७.८६ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०४ अकंले बढेर १९०४.२६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २ करोड ३६ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीहरुको २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच हुदाँ ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड २२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, नेपाल लाइफको ६ करोड ४ लाख ९७ हजार रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ६७ लाख २२ हजार रुपैयाँ र शिवम् सिमेन्टको ४ करोड ४८ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया