सिभिल लघुवित्तको लाभांश घोषणा,बोनस शेयर कति ?

काठमाण्डो । नेपालका वित्तय संघसंस्थाहरुले धमाधम बोनस घोषणा गरिरहेका छन । गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीहरुले लाभाशं घोषणा गरिरहेका छन । 

यसै विच सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 


लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। असोज १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी २४ करोड २१ लाख २१ हजार ३७९ रुपैयाँ ५० पैसा रहेको छ। १९ प्रतिशतका दरले ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ १० पैसा बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २८ करोड ८१ लाख २४ हजार ४४१ रुपैयाँ ६० पैसा पुग्नेछ।

प्रतिक्रिया