बिष्णु पौडेल आएपछि निरन्तर नेप्सेमा हरियाली,कारोबार रकम केही घट्यो

काठमाडौं - नयाँ सरकार गठन भएपछि एक दिन मात्र घटेको शेयर बजार त्यस यता भने निरन्तर उकालो लागिरहेको छ । 

आईतबार दोहोरो अंकले बढेको बजार सोमबार पनि १७ अंकको वृद्धि देखिएको छ । हिजो तुलनामा आज कारोबार रकम भने घटेको छ । लामो समयपछि  हिजो ४ अर्ब माथिको कारोबार भएको थियो भने आज घटेर २ अर्ब ९६ करोडको शेयर किनबेच भएको छ । 

आजको उछाल सँगै समग्र बजार २०६३ बिन्दुमा पुगेको छ  । आज कारोबार भएका मध्य १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ । 

आज बीमा उपसमूह सबैभन्दा धेरै ले बढेको छ भने उत्पादन उपसमूह घटेको छ । नविल बैंकको शेयर किन बेच सबैभन्दा धेरै मूल्यको हुँदा ४ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । 

प्रतिक्रिया