काठमाडौं - युवाहरुमा लोकप्रिय कलाकार पवन खतिवडा "माकुरी" विवाह बन्धनमा बाँधिएका छन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिफिल्म ‘गोलमाल’का कलाकार पवन खतिवडा ‘म्याकुरी’ले लगनगाँठो कसे सँगै झन् चर्चाामा आएका छन् ।
उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् । पवन पछिल्लो समयमा नेपाली कमेडीमा रुचाइएका कलाकारमा पर्दछन् ।
माकुरी किन विदेशी युवतीसँग बिहे गरे भन्ने धेरैले प्रश्न र आलोचना समेत गरेका छन् । उनीहरू बीच केही वर्ष देखि प्रेम रहेको समेत बुझिएको छ ।