काठमाडौं । पछिल्लो समयकी लोकप्रिय गायिका भुमिका गिरीको नयाँ गीत ‘छ कि छैन मञ्जुरी’ सार्वजनिक भएको छोटो समयमा नै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ। गीत युट्युबको उत्कृष्ट सूचीमा समेत समावेश भएको छ।
गिरीका अघिल्ला गीतहरूभन्दा फरक धारमा तयार गरिएको यस गीतमा उनलाई गायक तथा संगीतकार राजनराज शिवाकोटी ले आवाजमा साथ दिएका छन्। गीतको संगीत पनि शिवाकोटीकै रहेको छ भने शब्द राजेन्द्र थापा ले लेखेका छन्।
गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ। गम्भीर विष्टको निर्देशनमा तयार भएको भिडियोमा राज आचार्य र सुनिषा बजगाईं को अभिनय रहेको छ। भिडियोको उत्कृष्ट दृश्यांकन र दमदार प्रस्तुतिका कारण दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।