रेणुको अग्रता ३ हजार पुग्यो,यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं - भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २३३८ मतको अग्रता बनाएकी छन् ।

बुधबार राति ९: ५० बजेको अध्यावधिक विवरण अनुसार उनको मतान्तर थप बढेको हो । भरतपुरमा आजसम्म ३२८९४ मतगणना सम्पन्न भएको छ । जसमा रेनु दाहालले १२२१२ मत पाउँदा पछिपछि रहेका एमालेका उम्मेदवार विजय सुवेदीले ९८७४ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन्।  

यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १४४५३ मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८००६ मत पाएकी छन् । 

विहान ५ बजेको update

भरतपुर महानगरपालिकामा ३७८६७ गणना हुँदा

मेयर

रेनु दाहाल(हसियां हथौड़ा) १४३७७

बिजय सुवेदी (सुर्य) ११४३१

जगन्नाथ पौडेल (भुईकटहर) ५९९७

उपप्रमुख

चित्रसेन अधिकारी (रुख)१६७४१

हिमला गुरुङ(हलो) ९२६९

 

प्रतिक्रिया