रेणुको अग्रता ३ हजार पुग्यो,यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं - भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २३३८ मतको अग्रता बनाएकी छन् ।

बुधबार राति ९: ५० बजेको अध्यावधिक विवरण अनुसार उनको मतान्तर थप बढेको हो । भरतपुरमा आजसम्म ३२८९४ मतगणना सम्पन्न भएको छ । जसमा रेनु दाहालले १२२१२ मत पाउँदा पछिपछि रहेका एमालेका उम्मेदवार विजय सुवेदीले ९८७४ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन्।  

यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १४४५३ मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८००६ मत पाएकी छन् । 

विहान ५ बजेको update

भरतपुर महानगरपालिकामा ३७८६७ गणना हुँदा

मेयर

रेनु दाहाल(हसियां हथौड़ा) १४३७७

बिजय सुवेदी (सुर्य) ११४३१

जगन्नाथ पौडेल (भुईकटहर) ५९९७

उपप्रमुख

चित्रसेन अधिकारी (रुख)१६७४१

हिमला गुरुङ(हलो) ९२६९

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय