काठमाण्डौ । सारङ्गी संसार मार्फत नयाँ नयाँ दोहोरी सार्वजनिक गर्दै आएका कलाकाहरुले दशैको बेला सार्वजनिक गरेको दोहोरी लन्ठुको भाग ५ पनि दर्शकको रोजाईमा परेको छ ।
यो च्यानलबाट सार्वजनिक भएका यस अघिका भाग समेत चर्चामा आएका थिए । लन्ठु ५ समेत अहिले दर्शकले निकै माया गरेर हेरेका छन । पारिवारीक कथालाई विषय बनाई सरल भाषामा प्रस्तुत गरिएको दोहोरी युउटुवको उत्कृष्ट सूचिमा समेत परेको छ ।
चिज गुरुङ,रेशम निर्दोश,यम प्रसाद न्यौपाने लगायत आधा दर्जन कलाकाहरुले गायको सो गीतले छोटो समयमै दश लाख दर्शक बनाउन समेत सफल भएको छ ।