बित्तिय संस्थामा ३६ अर्ब बढीको सम्पत्ति शुद्धीकरण भएको अनुमान

काठमाडौं । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्था र गैह्र वित्तीय संस्थाहरुबाट ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गरिएको छ ।

नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका सहितको प्रतिवेदन इकाईमा जानकारी गराएको हो ।

प्रतिवेदन अनुसार वाणिज्य बैंकहरुले ३५ अर्ब ५७ करोड ८७ लाख ५० हजार भन्दा बढी रकम सम्पत्ति शुद्धीकरण भएको आशंकामा वित्तीय जानकारी इकाईमा जानकारी गराएका छन् ।

यस्तै विकास बैंकले १६ करोड १७ लाख ७० हजार, फाइनान्स कम्पनीले २२ करोड ६४ लाख ७ हजार, जीवन बीमा कम्पनीले ४ करोड ३९ लाख २० हजार, भुक्तानी सेवा प्रदायकबाट १३ हजार, बिप्रेषण कम्पनीबाट ८ करोड ८१ लाख १० हजार र स्टक ब्रोकर कम्पनीबाट २६ करोड २९ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंकामा वित्तीय जानकारी इकाईमा जानकारी गराएको छ ।

प्रतिक्रिया