सिटिजन्स बैंकको लाभांस प्रस्ताव,लगानीकर्ता दुःखी

काठमाडौं - बैंकहरुले धमाधम बोनस प्रस्ताव गर्न थालेका छन् । यसै बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । 

बैंकको असोज ६ गते बिहिबार सम्पन्न ४०३ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस भने नबाँड्ने निर्णय गरेको छ ।

उक्त बैठकले आर्थिक वर्ष २०७८/७९को वितरण योग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया