काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा अग्रस्थानमा रहेको इनेपाल रोधी घर ले हालै करिब एक दर्जन कलाकारको स्वर समेटिएको नयाँ लोकदोहोरी गीत ‘स्याउली बजारमा’ सार्वजनिक गरेको छ। लाइभ दोहोरीदेखि लोकदोहोरी गीतमा ठूला लगानी गर्दै आएको यस संस्थाले करिब ६ लाख रुपैयाँको लागतमा तयार गरेको गीतले दर्शक-स्रोताको राम्रो साथ पाइरहेको छ।
गीतको लय सिर्जना खेम पुनले गरेका छन् भने बालकुमार श्रेष्ठले शब्द रचना गरेका छन्। थेगो भने माया गुरुङले सिर्जना गरेकी छन्। गीतमा बालकुमार श्रेष्ठ, सिता श्रेष्ठ, माया गुरुङ, अस्मिता डल्लाकोटी, रवि कार्की, श्याम राना, रेणुका भट्टराई, सुमन परियार लगायतका कलाकारको स्वर रहेको छ। भिडियोको निर्देशन विष्णु शर्माले गरेका छन् भने कलाकार नारायणी खत्री र शेखर घर्तीले अभिनय गरेका छन्।
गीतलाई इनेपाल रोधी घर को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।