काठमाण्डौ - नेपाली शेयर बजारमा एकै दिन २ कम्पनीको शेयर द्रोसो बजारमा कारोबार हुँदै छ ।
स्पेसल प्रि ओपन मार्फत कम्पनीको शेयर कारोबार हुने छ । आज कारोबार हुन लागेका कम्पनीहरुलाई मनकामना स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MKLB सिम्बोल पाएको छ । अब भोलि सोमबारबाट कारोबार सुरू हुनेछ ।
त्यस्तै युनियन लाइफ नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
कम्पनीले दोश्रो बजारमा कारोबारका लागि ULI सिम्बोल पाएको छ । अब भोलि सोमबारबाट कारोबार सुरू हुनेछ ।