तीन दिन नेप्से नचल्ने तर कारोबारलाई भने असर नगर्ने

काठमाडौं । बिहीवार साँझदेखि शनिबारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट नचल्ने समाचार ब्यापक तर यो समयमा भएको बन्दले कारोबारमा भने असर गर्दैन । भोलि बजार बन्द भएपछि मर्मत हुने नेप्से कारोबार नुहुने दिनमा मात्र बन्द हुन लागेको हुँदा त्यसले कुनै असर भने गर्ने छैन । 

 “विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्ने भएकाले बिहीबार साँझ ५ बजेदेखि शनिवार राति ११  बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” सूचनामा भनिएको छ ।विद्युतीय प्रणाली अद्यावधिक गर्ने यस कार्यबाट पर्न गएको असुविधाका लागि नेप्सेले सेवाग्राहीमा क्षमा समेत मागेको छ ।

प्रतिक्रिया