नयाँ ब्याजदर सार्वजनिक

काठमाडौंं - हिमालयन बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आउँदो १ साउनबाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।


उक्त ब्याजदरअनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ ।


नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ९.५० प्रतिशत रहेको छ । 

प्रतिक्रिया