काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डे छ महिनाका लागि निलम्बनमा परेका छन्।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मागेको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उनलाई निलम्बन गरिएको हो। गुरागाईंले गत चैत २१ गते कार्यालय फर्कँदा पाण्डेले प्रहरी परिचालन गरी प्रवेशमा अवरोध गरेको भन्दै लिखित स्पष्टीकरण मागेका थिए। तर पाण्डेले बुझाएको विवरण अस्वीकार्य भएको भन्दै उनलाई कारबाही गरिएको महानगर स्रोतले जानकारी दिएको छ।
यसैबीच, घटनाको छानबिन गर्न जाँचबुझ समिति गठनको तयारी भइरहेको समेत बताइएको छ।