फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं - चैत २९ गते, मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ पुगेको हो । सोमबारको तुलनामा प्रतितोला ८०० रुपैयाँ बढेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमै कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया