आईतबार सुनको मुल्यमा भारी गिरावट

सुनचाँदीको भाउ थप सस्तिएको छ । साताको पहिलाे कारोबार दिन, सुन तोलामा एक हजार ४०० रुपैयाँले गिरावट भएको छ ।

फागुन १५ गते छापावाल सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि सुन तोलामा एक हजार रुपैयाँले गिरावट भएको थियो । सो दिन सुन प्रतितोला ९८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबार चाँदी तोलामा ४० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन पनि चाँदी तोलामा २० रुपैयाँले ओरालो लागेको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया