प्रकाशको सरर भागौंलालाई पचास लाख दर्शक

काठमाण्डौ । दोहोरी प्रतियोगितामा प्रथम भएसँगै चर्चामा आएका गायक तथा सर्जक प्रकाश पराजुलीको सिर्जना नयाँ गीत सरर भागौंला गीतले सार्वजनिक भएको छोटो समयमै ५० लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ । 

गीतले ६० हजार भन्दा धेरै लाइक पाएको छ भने २५ सय हाराहारीमा प्रतिक्रिया समेत पाएको छ । गीतलाई दर्शकले अत्यधिक मन पराएपछि निर्माण युनिटले खुसी व्यक्त गरेका छ  । 

रेगुलर भन्दा फरक तवरको सो गीतलाई दर्शकले अचम्मै मन पराएका छन । गीतले सामाजिक सञ्जालहरूमा समेत निकै प्रशंंसा पाएको थियो । प्रकाश पराजुलीको शब्द तथा लय सिर्जना रहेको गीतमा आवाजमा भने अस्मिता अधिकारीले साथ दिएकी छन । 

धेरैले चर्चा गरेको सो गीतको म्युजिक भिडियो समेत हो । गीतमा सुनिल क्षेत्रीले कलात्मक निर्देशन गरेका छन भने अभिनयमा सुनिल क्षेत्री,गीता ढुङ्गाना,रश्मि भट्ट,लोमश शर्मा लगायतआधा दर्जन भन्दा धेरै कलाकारको अभिनय रहेको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय

//