लुम्बिनी प्रदेशमा पहिलो पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

दाङ – अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियानू भन्ने नारासहित लुम्बिनी प्रदेशको इतिहासमै पहिलो पटक ूलुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ू भव्य रूपमा सम्पन्न भएको छ। उपमा सञ्चार प्रा।लि। र तेजनेपाल मल्टिमिडिया प्रा।लि। को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर प्रमुख अतिथि थिए।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रशासकीय प्रमुख देवीराम पाठक, लुम्बिनी प्रदेश उपसभाका स्वकीय सचिव नारायण जीसी, पत्रकार महासंघकी केन्द्रीय सदस्य लिला शाहसहित थुप्रै अतिथिहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले स्थानीय कला तथा संस्कृतिको संरक्षणको आवश्यकता औंल्याउँदै मौलिक पहिचान जोगाउनका लागि पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए। कार्यक्रममा अन्य वक्ताहरूले पनि कला, संस्कृति र साहित्यको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए।


कार्यक्रममा अग्रज पत्रकार राधेश्याम गुप्ता, वरिष्ठ कलाकार लक्ष्मीमान चौधरी, सर्जक गायक सुरेश सेन्चुरी, गायक नरहरी प्रेमी, सञ्चारकर्मी श्री निवास थारु, व्यवसायी शालिकराम भण्डारी नरेशसहित विभिन्न साहित्यकार, कलाकार तथा श्रष्टाहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। गायक राजेन्द्र चौधरीलाई ूनव प्रतिभा सम्मानू दिइयो।

त्यस्तै, विभिन्न विधामा उत्कृष्ट कलाकार तथा श्रष्टाहरूलाई अवार्ड प्रदान गरियो। केही प्रमुख अवार्ड विजेताहरू

  • सर्वोत्कृष्ट गीतकार (भाषाभाषी गीत विधा) – सोब्राटी मन्सुरी
  • सर्वोत्कृष्ट गायन (मौलिक सालैजो गीत) – पार्वती रोकाया
  • सर्वोत्कृष्ट गायन (चाडपर्व गीत विधा) – दीपक वली
  • सर्वोत्कृष्ट मोडल (लोक गीत विधा) – उमा गिरी, गगनशिला सुनार
  • सर्वोत्कृष्ट गायक (लोक दोहोरी) – विजय सुनाम
  • सर्वोत्कृष्ट नव गायक – संगम राजु बीसी
  • सर्वोत्कृष्ट कोरियोग्राफर – महेश रामुदामु
  • सर्वोत्कृष्ट निर्माता – उमा गिरी
  • सर्वोत्कृष्ट संगीतकार (गजल विधा) – सन्तोष कुमार रजौरे

प्रतिक्रिया