खाद्य तथा व्यापार कम्पनीले माग्यो ६० जना कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ६० जना कर्मचारी मागेको हो ।

कम्पनीले ६ जना सह विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एकरएक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वरिष्ठ सहायक, प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब इन्जिनियरतर्फका वरिष्ठ सहायक र २२ जना प्रशासन सहायकमा दरखास्त माग गरिएको छ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया