बुधबार घट्यो सुनको मूल्य

काठमाडौंं - बुधवार सुनको मूल्य सस्तिएको छ । साताको चौंथो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो ।

नेपाली बजारमा अघिल्लो दिन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९१ हजार ३ सय रुपैयाँमा कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै, उक्त दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलमा १० रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया