साताको पहिलो दिनमै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा?

काठमाडौंँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको जानकारी दिएको छ । आजको बजार भाउ कायम गर्दै गत शुक्रबारको तुलनामा ह्वात्तै मूल्य बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ थियो । जुन, १ हजार रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ८०० रुपैयाँ छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य बढेको जानकारी दिएको हो । १५ रुपैयाँ मूल्य बढेसँगै आज चाँदीको कारोबार प्रतितोला १३ सय ८० रुपैयाँमा भइरहेको छ ।

प्रतिक्रिया