पर्यो भने लगानीकर्ता मालामाल हुने आइपीओ खुल्यो

काठमाडौंँ - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आज असार १ गतेदेखि आईपीओ निष्कासन गरेको छ ।

लघुवित्तले ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ ।

कम्पनीका अनुसार ६२ हजार ६१५ कित्ता आईपीओ सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

आईपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेबसाइट तथा एपमार्फत् आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पुँजी १ करोड ४० लाख रूपैयाँ छ । यस लघुवित्तले देशभर ७ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया