काठमाडौं — जापानलाई कर्मथलो बनाएका लोकप्रिय गायक तथा सर्जक युवराज आचार्यको नयाँ पञ्चे बाजाको गीत ‘शितल’ सार्वजनिक भएको छ। पुरानो प्रेमीसँग पुनः प्रेम सम्बन्धमा जोडिन लागिएको कथामा आधारित यो गीतमा युवराज आचार्यको शब्द, लय र स्वर रहेको छ। गायनमा उनलाई शान्ति भण्डारीले साथ दिएकी छन्।
गीतको अडियो तथा भिडियो पक्ष सशक्त रहेको छ। कृष्ण केसीको संगीत संयोजनमा तयार भएको गीतलाई मौषम हिमालीले निर्देशन गरेका छन्।
गीतको भिडियोमा विमल अधिकारी र नारायणी खत्रीले अभिनय गरेका छन्। सांगीतिक शैली, भाव र प्रस्तुतिले ‘शितल’ गीत श्रोताहरूलाई मन छुने विश्वास लिइएको छ।