काठमाण्डौ । बुधबार प्रि ओपनिङ्ग सेसनमा कारोबार रकम २५ लाख २ हजार ९११ रुपैयाँमा खुम्चिएको छ ।
आजको बजारमा नेप्से ३।९४ अंकले बढेर २९३३ दशमलव २३ अंकमा पुगेको छ । कारोबारमा आएका १८ मध्ये १२ कम्पनीको मूल्य बढेको छ । चार कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीका स्थीर रहेको छ ।
यस अवधिमा १८ कम्पनीका ३ हजार ७२३ कित्ता शेयर १८७ वटा संख्यामा खरीद बिक्री भएको छ ।