काठमाडौं । गायक तथा सर्जक हेमन्त खड्काले हालै सार्वजनिक गरिएको आफ्नो नयाँ गीत ‘गैरी खेतमा धान’ को कुनै एक टुक्कामा उत्कृष्ट टिकटक बनाउने चार जनालाई पुरस्कार दिने घोषणा गरेका छन्।
प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार २ हजार रुपैयाँ, द्वितीय पुरस्कार १५ सय, तृतीय पुरस्कार १ हजार र सान्त्वना पुरस्कार ५ सय रुपैयाँ प्रदान गरिनेछ।
विजेता श्रावण १ गते घोषणा गरिनेछ। गायक खड्काले मौलिकता झल्किने टिकटकलाई प्राथमिकता दिइने बताए।
प्रतियोगिताका उत्कृष्ट टिकटक छान्ने समितिको संयोजन गीतका निर्देशक प्रेम थापाले गर्नेछन् भने सदस्यमा गायक हेमन्त खड्का, सञ्चारकर्मी कृष्ण आचार्य र सुबास पन्त रहनेछन्।
टिकटक बनाउँदा पालना गर्नुपर्ने नियमहरू
गीतको कुनै एक टुक्कामा मात्र भिडियो बनाएको हुनु पर्ने।
केटा वा केटी जोसुकैको टुक्कामा अभिनय गर्न सकिने।
मौलिकता झल्किने दृश्यहरू (जस्तै गोरुले खेत जोत्ने, खेतालाको काम आदि) समेटिएका भिडियोलाई प्राथमिकता दिइने।
जोडी टिकटक भिडियोलाई विशेष मूल्याङ्कन गरिने।
असार मसान्तसम्म बनाइएका टिकटक मात्र मान्य हुने।