निफ्राको लाभांस लिने आज अन्तिम मौका

काठमाडौंं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे लाभांश सुरक्षित गर्ने आज (कार्तिक ३० गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि मंसिर १ गते, बिहीबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (कार्तिक ३० गते, बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको चौथो वार्षिक साधारण सभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमाडौँमा बिहान ९ बजेदेखि सञ्चालन गरिनेछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । 

प्रतिक्रिया