लगातार बढिरहेको सुनको मूल्यमा आज गिरावट

काठमाडौंँ - पछिल्लो केहि समय यता सुनचाँदीको भाउ प्रत्येक दिन जसो महंगिने र सस्तिने भइरहेको छ । सोमबार बढेको सुनचाँदीको भाउ मंगलबार सस्तिएको छ । जेठ २४ गते, सुन तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा झरेको छ ।सोमबार भने सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्यमा गिरावट भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २७५ रुपैयाँले खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य भने उकालो लागेको थियो । त्यस दिन, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया