काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजारमा गिरावट देखिएको छ। निर्वाचनले बजारमा सकारात्मक संकेत ल्याउने अपेक्षा गरिए पनि लगानीकर्ताको उत्साह देखिन सकेको छैन।
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा झरेको छ। यो १.०४ प्रतिशतको गिरावट हो।
कारोबार रकम ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँ पुगेको छ। कुल १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच भएको छ।
बजारमा सूचीकृत ३२४ कम्पनीको कारोबार हुँदा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२० कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। दिनभर ७२ लाख १०४ पटक सेयर किनबेच भएको विवरण छ।
लगातारको गिरावटले निर्वाचनअघि लगानीकर्ता प्रतीक्षाको मनस्थितिमा रहेको संकेत देखिएको छ।