• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • बजार

प्रि ओपन सेसनमा १० अंकले बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १० अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ६०.४१ अंक बढेर २५८४.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.३१ अंक बढेर २५९५.२२ विन्दुमा पुगेको छ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.४९ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १८ कम्पनीको ४५ लाख ८५ हजार ७२ रुपैयाँ ६९ पैसा बराबरको ३ हजार ९०२ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ।

प्रतिक्रिया