लामो समयपछि शेयर बजारमा ५ अर्ब माथिको कारोबार, दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । आज बजार १८.०९ अंकले बढेको हो ।

उक्त दिन नेप्से परिसुचक २१४३.७६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा ५ अर्ब ४ करोड ७ लाख ४० हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचिकृत २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच भएको छ । उक्त दिन नेप्सेमा रहेको २ वटा उपसूचक बाहेक सबैमा हरियाली छाएको छ ।

प्रतिक्रिया