काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक कुलेन्द्र विश्वकर्माको आवाज रहेको सुमधुर गीत तिमी मेरी परान भर्खर मात्र सार्वजनिक भएको छ ।
दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय विश्वकर्माले करोडौं दर्शक बनाउन सफल धेरै गीतहरूमा सुमधुर आवाज दिइसकेका छन । देशका विभिन्न मेला महोत्सवमा सक्रिय विश्वकर्माको नयाँ गीत आएसँगै दर्शक उत्साहित भएका छन ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा राजु सुनामले शब्द तथा रञ्जित परियारले लय सिर्जना गरेका छन । विश्वकर्मालाई आवाजमा भने मेनुका सोनीले साथ दिएकी छन । गीतको म्युजिक भिडियो समेत दमदार बनेको छ । सुधीर श्रेष्ठ र अञ्जली अधिकारीको अभिनय रहेको गीतलाई निशान बानियाँले निर्देशन गरेका छन ।