शेयर बजारमा उछाल, अर्धसतकले बजार बढ्दा कारोबार रकम ५ अर्वमाथी

काठमाडौंँ - आजकाल दिनहुँ सेयर बजार चम्किरहेको छ । आज सोमबार पनि नेप्से परिसूचक झण्डै अर्धसतकले बढ्दा सेयर बजार २२ सय विन्दुमाथि पुगेको छ ।

यता एक दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार नेप्से परिसूचक ४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेकाे छ । नेप्से २.१६ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.६१ अंकले बढेर ४१९.८४ विन्दुमा पुगेकाे छ ।कूल २५७ वटा कम्पनीकाे एक कराेड ४६ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहकाे सेयर बढेकाे छ । हाेटल तथा पर्यटन उपसमूहकाे सेयर मात्रै घटेकाे हाे ।साेमबार रिडी पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २० कराेड ६८ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज एक दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये, अधिकांश हाइड्राेपावर रहेका छन् । बरूण हाइड्राेपावर, खानीखाेला हाइड्राेपावर, छ्याङ्दी हाइड्राेपावर, जाेशी हाइड्राेपावर, हिमालयन उर्जा, युनियन हाइड्राेपावर, सिङ्गटी हाइड्राेपावर, खप्तड लघुवित्त, राधी विद्युत, बाराही हाइड्राेपावर, पिपुल्स हाइड्राेपावरलगायतको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ३.५७ प्रतिशतले घटेर एक हजार ५ सय ९५ रूपैयाँमा झरेकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय