प्रकाश पराजुलीले गाएको दोहोरी भाइरल, पिताको सम्मानमा टिकटक रंगियो

काठमाडौं । दोहोरी गायक प्रकाश पराजुलीले बाबाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरेको नयाँ दोहोरी गीत एकै रातमै भाइरल बनेको छ। सुरिलो स्वर र चोटिला शब्दका कारण चिनिने पराजुलीको यो गीत छोटो समयमा नै व्यापक चर्चा पाएको हो।

यसअघि पनि उनका थुप्रै दोहोरीका टुक्का भाइरल भएका थिए तर यसपटक भने बाबु–छोराको भावनामा आधारित गीतले विशेष प्रभाव पारेको छ। उनले यस गीतमा लोकप्रिय गायक राजु परियारसँग दोहोरी गाएका छन्, जसका शब्द मन छुने खालका रहेका छन्।

मञ्जरी डटकम युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत युट्युबमा लाखौँले हेरिसकेको छ भने टिकटकमा पनि प्रशस्तै प्रयोग भइसकेको छ।

 

प्रतिक्रिया