काठमाण्डौ । हिन्दु नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा जापानमा रहेकी गायिका निशा क्षेत्रीको तीज कोसेली जिन्दगी के रैछ भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतमा निशा क्षेत्री र सुमित्रा कोइरालाको आवाज रहेको छ । गीतमा लय तथा शब्द सृजना सुमित्रा कोइरालाले नै गरेकी छिन। परदेशिहरुलाई पनि तीजको चटारो लागेको छ भन्ने एउटा प्रमाण यही गीतलाई पनि लिन सकिन्छ।
गीतको छायांकन पनि दुई स्थानमा भएको छ। जापानमा र नेपाल दुवै स्थानमा सुटिङ्ग भएको गीतमा अभिनय भने टिकटक स्टार सरिता धनकुटि र संगीता खातीको रहेको छ।