जन्मभूमिको प्रेम बोकेको गीत 'पर्वतको कुश्मा' सार्वजनिक

काठमाडौं — सन्देशमूलक गीतहरूलाई दर्शक–श्रोताको त्यति धेरै ध्यान नपरे पनि यस्ता सिर्जनाहरूले स्थान विशेषको चिनारीमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछन्। यही उद्देश्यसहित पर्वत जिल्लाका कलाकारहरूले नयाँ गीत ‘पर्वतको कुश्मा’ सार्वजनिक गरेका छन्।

गीतले पर्वतको पर्यटकीय सौन्दर्य र सांस्कृतिक महत्त्वलाई उजागर गरेको छ। गीतको छायाङ्कन पनि कुश्मा आसपासको रमणीय स्थानहरूमा गरिएको छ।

गीतमा कृष्ण अधिकारीमिना लामाको सुमधुर स्वर रहेको छ भने टिकाराम लामिछानेले शब्द तथा संगीत सिर्जना गरेका हुन्। भिडियोमा सन्ध्या आचार्यटिकाराम लामिछानेले अभिनय गरेका छन्।

गीतको निर्देशन रामु आचार्यले गरेका छन्।

 

प्रतिक्रिया