चितवन २ मा अग्रतामा कृष्णभक्त पोखरेल, पछ्याउँदै रवि लामिछाने

काठमाडौ - चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २३३१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २२२७ मतका साथ दोस्रो स्थानमा छन् । 

मतगणनाको सुरुवाती चरणमा तेस्रो स्थानमा रहेका लामिछाने मंगलबार विहानबाट दोस्रो स्थानमा उक्लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पछि पारेका लामिछानेले पोखरेलसँगको मतान्तर पनि जम्मा १०४ को पुर्याएका छन् । श्रेष्ठले २०३६ मत पाएका छन्। 

प्रतिक्रिया