काठमाडाैं - काठमाडौंको धरहरामा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। सहरी विकास मन्त्रालयले विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।
विदेशी पर्यटकका लागि छुट्टै शुल्क निर्धारण गरिएको छ। सार्क राष्ट्रका पर्यटकले ५ सय रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले १ हजार रुपैयाँ तिर्नुपर्नेछ।
फोटो सुट र भिडियो सुटका लागि पनि छुट्टै शुल्क तोकिएको मन्त्रालयले जानकारी दिएको छ।